काठमाडौं – गायिका आस्था राउत सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी छन् ।
एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी उनी केही नातेदारसहित प्रहरी परिसर कार्यलयमा उस्थित भई आत्मसमर्पण गरेकी छन् ।
अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । प्रहरीले उनी आफै उपस्थित भएर कमजोरी स्वीकारेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।
आस्था र प्रहरीबीच अघिल्लो साता त्रिभुवन विमानस्थलमा भएको विवादपछि उनलाई प्रहरीले खोजी गरेको थियो । भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।