अहिले छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसले महामारीको रुप लिन थालेको छ । यसैको कारण चीनमा ८० भन्दा बढीको मृत्यु भैसकेको छ भनी संक्रमितको संख्या हजारौ पुगेको छ । नेपालमा पनि यसको सक्रमण भेटीएसंगै उच्च सतर्कता अप्नाइएको छ । के हो कोरोना भाइरस ? यसका लक्षण के कस्ता हुन्छन् र बच्न कस्तो साबधानी अप्नाउने ? अंकुरण खबरसंग कुरा गर्दै फिजिसियन तथा छातीरोग विशेषज्ञ डा.निरज बम यस्तो सुझाब दिन्छन् …
कोरोना भाइरस के हो ?
वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको भाइरस हो । यो भाइरस जनावरबाट मानिसमा सर्छ । त्यसपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्छ । यस भाइरसलाई मिजल्स (दादुरा) टाइपको ‘प्यारामाइक्सो भाइरस’ पनि भनिन्छ । यो सन् २००३ तीर चीनमा पहिचान भएकोे भाइरस हो ।
संक्रमण हुने कारण :
कुनै व्यक्तिमा यसको सक्रमण छ भने, त्यस्तो व्यक्तिको सम्पर्कमा आउँदा ।
यो भाइरसको संक्रमण लागेका पशुपंक्षीको मासु खादा । सी फुडको माध्यमबाट पनि यसको सक्रमण हुने गर्छ ।
यसका लक्षणहरु :
श्वासप्रश्वासमा समस्या देखिनु ।
नाकबाट सिँगान बगिरहनु ।
घाँटी दुख्नु ।
ज्वरो आउनु
टाउको दुख्नु ।
खोकी लाग्नु ।
खाना मन नलाग्नु ।
आलस्यता हुनु।
हाच्छीउ आउनु ।
यी व्यक्तिमा संक्रमण हुने संभावना बढी रहन्छ :
रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति ।
बालबालिका ।
वृद्धवृद्धा ।
क्यान्सर लगाएतका दीर्घरोगका औषधि सेवन गरिराखेका ।
धुम्रपान तथा मद्यपान गर्ने व्यक्तिहरु ।
यस कारण यो घातक भाइरस :
हालसम्म यो भाइरसविरुद्ध कुनै खोप उपलब्ध छैन । भने, यस भाइरसको सक्रमणबाट लाग्ने रोगको उपचार अहिलेसम्म पत्ता लागेको पनि छैन् । भाइरसको संक्रमण पछि मिर्गौला लगाएतका अंगले काम गर्न छाडछन् र मानिसको मृत्यु समेत हुने गर्दछ ।
बच्ने उपाय :
संक्रमित व्यक्तिलाई अन्य व्यक्तिको संपर्क भन्दा टाडा राखेर उपचार गर्ने ।
माथिका कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउने ।
बाहिर निसक्दा माक्सको प्रयोग गर्ने ।
खाना खानु भन्दा अगाडी राम्रोसंग साबुन पानीले हात धुँने ।