logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से २३.९५ अंकले बढ्यो


अंकुरण खबर
1.651K
Shares

काठमाडौं – साताको दोश्रो दिन नेप्से परिसूचकमा २३ दशमलव ९५ अंकले बढेर १ हजार ३ सय दशमलव ६२ अंकमा कायम भएको छ भने कारोबार ९१ करोड ७३ लाख ५९ हजार ८६५ भएको छ ।

आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जसको कारोबार आठ करोड १४ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । जसको कारोबार पाँच करोड २६ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज व्यापार मूलक र होटल समूहको सूचकमा चार प्रतिशतभन्दा धेरैको सुधार आएको छ । त्यस्तै माइक्रोफाइनान्स समूहको सूचकमा तीन प्रतिशतको सुधार आएको छ । आज बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतदेखि दुई प्रतिशतसम्मको सुधारले सेयर बजारमा हरियाली छाएको ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा नेरुडे लघुबित्त बित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । कम्पनी सात दशमलब ९४ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा जोशी हाइड्रो पावरका लगानीकर्ता रहेका छन् । कम्पनी तीन दशमलव ०७ प्रतिशतले घाटामा गएको छ ।