logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङबाट चितुवाको छाला सहित दुई पक्राउ


अंकुरण खबर
1.17K
Shares

दाङमा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन्‌ ।

पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–१ बस्ने २४ का चेतबहादुर पुन र सोही ठाउँकै २४ वर्षीय सौगात घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा उनीहरुको झोला तलासी गर्दा झोलाभित्र लुकाई राखेको चितुवाको छाला १ थान सहित सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।