logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन अहिलेसम्मकै महंगो, यस्तो छ आजको मूल्य


अंकुरण खबर
3.913K
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम अझै रोकिएको छैन ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको बुधबार १ हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।