logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपसभामुखबाट राजीनामा दिएकी डा. तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित


अंकुरण खबर
1.625K
Shares

काठमाडौं – निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सत्तारुढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ ।

मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । आजदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा नेकपाले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।

तुम्बाहाङ्फेले तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरुप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।

तुम्बाहाङफेले नेकपाकै आग्रहअनुसार उपसभामुखबाट राजीनामा दिएकी हुन् ।