logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर आशिंकदेखि सामान्य बदली : केही ठाउँमा वर्षा र हल्का हिमपातको सम्भावना


अंकुरण खबर
663
Shares

काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै केही ठाउँमा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशभर आशिंकदेखि सामान्य बदलीको सम्भावना रहेका महाशाखाले जनाएको छ । केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् ।

गएको मङ्गलबार रातिदेखि पश्चिमी वायुको चाप बढ्दै बदली भएको मौसम बिहीबार मध्यरातसम्म त्यसको असर देखिने मौसमविद्ले बताएका छन् ।

शुक्रबार पूर्वी पहाडमा सामान्य बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम सफा हुने विभागले जनाएको छ ।