logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्वारा हनुमानढोका दरबारमा वसन्त श्रवण


अंकुरण खबर
1.391K
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ९ बजेर ५ बजेको शुभसाइतमा वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण गरेकी छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले हुनमान ढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालबाट टीका, माला र फूलप्रसाद ग्रहण गरेकी छन्‌ । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिहरु त्यहाँ पुगी वसन्तश्रवण गर्ने परम्परा रहिआएको छ ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरुले वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण गरे ।

उपराष्ट्रपति नन्दबहादुर पुन भने यस वर्ष वसन्त श्रवणमा अनुपस्थित थिए ।

वसन्तश्रवण भइरहँदा नेपाली परम्परागत लोकबाजा पञ्चै बाजाको धुन प्रस्तुत भएको थियो भने नेपाली सेनाबाट मंगलधुन प्रस्तुत भएको थियो ।