logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिणकाली नगरपालिकाका-४ का वडाध्यक्ष मानव बेचविखन आरोपमा पक्राउ


अंकुरण खबर
1.482K
Shares

काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्का मानव बेचविखनको आरोपमा पक्राउ परेका छन् ।

खड्काविरुद्ध एक महिलाले उजुरी दिएपछि माघ १० गते महानगरिय प्रभाग सानेपा र महानगरिय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले खड्कासहित काठमाडौं महानगरपालिका–१६ का ब्रिजगोपाल श्रेष्ठ र भारत मोतिहारी चकिया विहार घर भई हाल ललितपुर महानगरपालिका–२ बस्ने नवल ठाकुरलाई ललितपुरबाट पक्राउ गरेको थियो ।

मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार ९ दिन म्याद थपेर उनीहरुरूमाथि अहिले अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

खड्का २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।