काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ७ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
बिहीबार छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर ७६ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन तोलामा ७५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।