रुपन्देहीको पिपरहियामा बोराको चाङले च्यापिएर चारजना भारतीय नागरिकको शव फेला परेको छ ।
आज विहान रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा आफैले संकलन गरेर राखेको बोराको चाङले च्यापेको अवस्थामा एकै परिवारका चार जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन रहेका छन । त्यस्तै ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको छ ।
सटरभित्र राखिएका तीनवटा बोराको चाङले थिचिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बोराले थिच्दा उनीहरुको निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ ।
पोस्टमाटर्मपछि विस्तृत रुपमा जानकारी आउने जनाइएको छ ।