इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा २० करोड फलोअर्स पुगेका छन् ।
३४ वर्षीय रोनाल्डो इन्स्टाग्राममा २० करोड फलोअर्स पुर्यााउने पहिलो व्यक्ति हुन् । विश्वकै प्रख्यात सेलिब्रेटीहरुलाई समेत उछिन्दै उनी इन्स्टाग्राममा धेरै फलोअर्स कमाउन सफल भएका हुन् ।
रोनाल्डोपछि सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति अमेरिकी गायिका तथा अभिनेत्री एरियाना ग्रान्डी हुन् । यसअघि पनि रोनाल्डोले आफ्नो कमाइको ठूलो हिस्सा इन्स्टाग्रामबाट गर्दै आएको खुलासा भएको थियो । उनले फुटबल खेलेरभन्दा इन्स्टाग्रामबाट धेरै कमाइ गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रोनाल्डोले एक वर्षमा सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रायोजित पोस्ट गरेबापत पाँच सय ४४ करोड ९४७।८ मिलियन डलर० रूपैयाँ कमाएका छन् । उनले ४९ प्रायोजित पोस्ट गर्दै आएका छन् ।
उनले एउटा प्रायोजित पोस्ट गरे बराबर करिब ११ करोड ९९ लाख ७५ हजार डलर० रूपैयाँ लिँदै आएका छन् । रोनाल्डो स्पेनीस क्लब रियल मड्रिडबाट युभेस्टनमा वार्षिक तीन सय ८७ करोड ९३४ मिलियन डलर० रूपैयाँमा अनुबन्धन भएका थिए । एजेन्सी