logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकावनपुरबाट ६३ किलो गाँजा बरामद


अंकुरण खबर
988
Shares

मकवानपुर प्रहरीले पिकअप गाडीबाट ६३ किलो गाँजा र तीन सय ग्राम अफिम बरामद गरेको छ ।

आज बिहान मनहरीबाट हेटौडा जाँदै गरेको बा ३ च ५९९७ नम्बरको पिकअपबाट गाँजा र अफिम बरामद भएको प्रहरीले जानकारी दिएको हो ।

हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीमा चेकजाँचको क्रममा प्रहरीले गाँजा बरामद गरेको हो । गाडीमा फल्स बटम बनाएर २१ पोकामा राखिएको अबस्थामा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चालक बारा पर्सौनी ६ का रामजी साह तेली र बारा आदर्स कोटवाल २ का प्रेम पटेल रहेका छन् । पक्राउ परेका दुबैजनामाथि लागुऔषध नियन्त्रण ऐन अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।