logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा केन्द्रीय समिति : ६ समूहको नेतृत्वमा महिला


अंकुरण खबर
1.729K
Shares

काठमाडौं – नेकपाको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक जारी छ।

बुधबारदेखि सुरु भएको बैठकमा बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सो प्रतिवेदनमाथि केन्द्रीय समितिमा १५ वटा समूह बनाएर छलफल सुरु भएको छ। राष्ट्रिय सभागृह, केन्द्रीय कार्यालय धुम्बाराही र जनवर्गीय संगटनहरुको कार्यालय पेरिसडाँडामा समूहगत छलफल भइरहेको छ। हरेक समूहमा ३० जना र एउटामा मात्र ३१ जना सदस्य सहभागी छन्।

छलफलको निष्कर्ष १५ वटै टोलीका नेताले बैठकमा प्रस्तुत गर्नेछन्। १५ मध्ये ९ समूहको पुरुष र ६ वटा महिलाले नेतृत्व गरेका छन्।

१५ टोलीका नेता यसप्रकार छन्ः

१. उर्मिला अर्याल २. कमला रोक्का ३. खिमलाल भट्टराई ४.जगन्नाथ खतिवडा  ५.ठाकुर गैरे ६. दीनानाथ शर्मा ७.पूर्णाकुमारी सुवेदी ८. विन्दा पाण्डे ९. भगवती चौधरी १०. युवराज ज्ञवाली ११. राजेन्द्र राई १२.रेणु दाहाल १३. लेखनाथ न्यौपाने १४. राम कार्की १५. हिमाल शर्मा ।