logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव नेतृत्वको नेकपाका नेता माइला लामालाई रिहा गर्न उच्च अदालतको आदेश


अंकुरण खबर
845
Shares

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन ब्युरो इन्चार्ज माइला लामासहित ४ नेतालाई रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।

उच्च अदालत पाटनले लामासँगै विप्लव नेकपाका केन्द्रीय सदस्य नवीन विश्वकर्मा, नेतृ धिरिन्द्रा उपाध्याय र ईश्वर परियारलाई रिहा गर्न आदेश गरेको हो।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।

नख्खु बम बिस्फोटको आरोपमा पक्राउ परेका लामालाई गत साउन ७ गते जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

लामालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको काडाँघारीबाट मध्यरातमा पक्राउ गरेको थियो।