logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस संक्रमितको उपचारका लागि जाँदै गरेकी नर्सको यो तस्विरले सबैलाई भावुक बनायो !


अंकुरण खबर
1.04K
Shares

घातक कोराना भाइरसको संक्रमणले चीन त्रासदीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। चीनको सबै क्षेत्रमा देखिएको कोरोना भाइरसबाट अहिलेसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।

करिब ८ हजार मानिस संक्रमित बनेका छन्। चीनसहित विश्वका अन्य देशमा समेत संक्रमण फैलिएको छ। घातक संक्रमणसँग जुधिरहेको चीनले भाइरस चाँडै नियन्त्रणमा आउँने अपेक्षा गरेको छ।

संक्रमतिहरुको उपचारका लागि चीन सरकारले छुट्टै अस्पताल समेत निर्माण गरिरहेको छ । विरामीहरुलाई बचाउन चिकित्सकहरु लागिपरेका छन्। २ दिन अघि कोरोना भाइरसबाट उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको थियो।विरामी बचाउन महत्वपूर्ण भूमिका खेलेका डाक्टरकै निधनभएपछि चिकित्सकहरु सचेत बनेका छन्।

भाइरसले आकार लिँदै गएपछि त्रासपूर्ण अवस्था सिर्जना भएको छ। यसैबीच, एक नर्सको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ। बिरामीहरुको उपचारमा जान लागेकि नर्स श्रीमानसँग रुँदै बिदा मागिरहेको देख्न सकिन्छ।