logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्रपाको प्रतिवेदनः वर्तमान  सरकार पूर्णरुपमा असफल


अंकुरण खबर
754
Shares

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार पूर्णरुपमा असफल भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको ठहर गरेको हो ।

देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने आशा गरिए पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको अध्यक्ष थापाद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ ।

बैठकका ‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावि कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले राजसंस्थालाई पाखा लगाएर सुरु गरिएको गत १४ वर्षको राजनीतिक अभ्यासपछि अहिले देश झन संकटग्रस्त हुँदै गएको आभास भएको बताए ।

केही ठूला व्यापारी, कर्मचारी र राजनीतिक नेताहरुको त्रिकोणात्मक गठबन्धनले देशमा डरलाग्दो भ्रष्टाचारको संजाल र जालो खडा गरेको आरोप लगाउँदै उनले तलदेखि माथिसम्म सेटिङ मिलाएर ब्रम्हलुट हुने गरेको बताए ।

चुनाव जित्न, सत्तामा पुग्न र टिकीरहन विदेशी शक्तिहरुको प्रभाव र हस्तक्षेत्रप बढेको र राजनीतिक दलहरुमा वैचारिक विचलन देखिएको राप्रपाले जनाएको छ ।