काठमाडौं – आइतबार मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।
नेपालमा अहिले पानी पार्ने प्रणाली सक्रिय नरहेकाले आइतबार र सोमबार पहाडी क्षेत्रको मौसम एकैछिन बदली हुँदै घाम लागे पनि अन्य ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार अब बिस्तारै तापक्रम बढ्दै गएर गर्मी सुरु हुनेछ । केही दिनयता मौसम बदलीबाट आजित भएका नागरिकले अब भने राहत महसुस गर्न पाउने भएका छन् ।