logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

इन्द्रावती गा.पा. वडा नं३ खुतुमेडाँडामा वृहत निशुल्क आँखा शिविर सञ्चालन हुने


अंकुरण खबर
3.133K
Shares

सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका वडा नं २ र ३(साबिक कुञ्चोक गाविसको खुतुमेडाँडा)मा वृहत निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

इन्द्रावती गाँउपालिका वडा नं २ र ३ को संयुक्त आयोजना तथा त्रिपुरेश्वर आँखा अस्पतालको सहयोगमा यही माघ २१,२२ र २३ गते शिविर सञ्चालन हुन लागेको हो । शिविरमा आँखाका बिरामी तथा आँखामा समस्या नदेखिएकालाई पनि आँखाको परीक्षण गराई स्वस्थ आँखा राख्न आयोजकले अपिल गरेका छन् ।

शिविरमा बिरामीको अवस्था हेरी आवश्यक्ता अनुसार आँखाको सल्यक्रिया समेत गरिने वडा नं २ का वडा अध्यक्ष विरबहादुर तामाङ र वडा नं ३ का वडा अध्यक्ष देवप्रसाद बानियाले जानकारी दिए ।

आँखा जस्तो संवेदनशील अंगको परीक्षण तथा उपचार गाँउमै हुने भएकाले शिविरबाट लाभ लिन आयोजकले सबैलाई आग्रह गरेको छ । शिविर विहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने स्थानीय चेतनाथ गिरीले बताए ।