काठमाडौं – स्पेनिस फुटबल क्लव जायन्ट्स बार्सिलोनाले नेपाली नायिका प्रियंका कार्कीको तस्बिर आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गरेको छ ।
बार्सिलोनाले तस्विर सेयर गर्दै आफूहरुलाई नेपाल असाध्यै मनपर्ने बताएको छ।
नायिका प्रियंका कार्की प्रेमी आयुसमान देशराज जोशीसँग स्पेनमा बार्सिलोनाको फुटबल हेर्न गएराति क्याम्प नाओ पुगेकी थिइन् । घरेलु मैदानमा लेभान्तेविरुद्ध भएको उक्त खेलमा बार्सिलोना २-१ ले विजयी भएको थियो ।


‘यो यस्तो अवसर हो, यस्तो प्रत्यक्ष लाइभ हेर्ने मौका पाए, जुन म जिन्दगीभर बिर्सन सक्दिन । थ्याङ्क्यु फर द लभ ।’ प्रियंकाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।