logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग: आज एनआरटी र फ्रेण्ड्स भिड्दै


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आज दशौं चरणका खेल सकिँदैछन् ।

दशौं चरणको अन्तिम खेलमा एनआरटी र फ्रेण्ड्स क्लबबीच प्रतिष्पर्धा हुँदैछ । यो खेल एन्फा कम्प्लेक्स मैदानमा तीन बजे सुरु हुनेछ ।

लिगको पाँचौं स्थानमा रहेको एनआरटीको १५ अंक छ । उसले नौ खेलमध्ये पाँचमा जित हात पारेको छ भने दुई खेल बराबरी र दुईमा हार ब्यहोरेको छ ।

फ्रेण्ड्स भने ११ अंक सहित दशौं स्थानमा छ । उसले तीन खेलमा जित हात पारेको छ भने दुईमा बराबरी र चारमा पराजय भोगेको छ ।