logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सरकारलाई सांसदको कटाक्ष : कोरोनाका बिरामी राख्न संसद भवन खाली गरौं


अंकुरण खबर
1.066K
Shares

चीनका कोरोना भाइरस पीडितलाई संसद भवन खाली गरेर राख्न सांसदले प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद प्रदीप यादवले चीनमा रहेका नेपालीहरुलाई ल्याएर राख्न र पाल टाँगेर संसद चलाउन प्रस्ताव गरेका हुन् ।

उनले सरकारले ५ दिनदेखि उनीहरुलाई राख्ने ठाउँ नपाइरहेको भन्दै आएको तर काठमाडौंमै हायात होटेलको ३०४ रोपनी जग्गा कब्जा गरिएको भन्दै यदि त्यसो होइन भने त्यसलाई खाली गरेर उनीहरुलाई त्यहाँ ल्याएर राखेर जीवन बचाउन आग्रह गरे ।

आजको बैठकमा अधिकांश सदस्यहरुले कोरोना भाइरस प्रकोपका सम्बन्धमा धारणा राख्दै सरकारले छिटो चीनमा रहेका नेपालीहरुको उद्दार गर्नुपर्ने बताएका थिए ।