logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाई नहुने


अंकुरण खबर
2.509K
Shares

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार संवैधानिक इजलास गठन नगरेपछि सभामुख अग्नि सापकोटाविरुद्ध परेको कर्तव्य ज्यान सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा बुधबार सुनुवाई नहुने भएको छ ।

यसअघि नै सापकोटाविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाई हुने गरी प्रधानन्यायाधीश जबराले पेशी तोकेका थिए । तर बुधबार उनले संवैधानिक इजलास नै गठन गरेनन् ।

संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतका वरिष्ठतम पाँच न्यायाधीशको बेन्चमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था रहेको छ ।

बुधबार सर्वोच्च अदालतमा ९ जना वरिष्ठतम न्यायाधीश उपस्थित छन् । संवैधानिक इजलासलाई थप बलियो बनाउने भनि अनिवार्य पाँचसहित थप ६ जनासम्म वरिष्ठतम न्यायाधीशलाई राख्न मिल्ने गरी न्याय परिषदले कानूनी बाटो फुकुवा गरेको छ ।

तर बुधबार ९ जना न्यायाधीश उपस्थित हुँदा पनि प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन नगरेका हुन् । सामान्यतया बुधबार र शुक्रबार संवैधानिक इजलास गठन गर्ने व्यवस्था छ ।