logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिकित्सक भन्छन् : कोरोना भाइरस लाग्दैमा मृत्यु हुँदैन्…


अंकुरण खबर
2.652K
Shares

पछिल्लो सयम घातक भाइरस कोरोनाले विश्वभर सन्त्रास फैलाएको छ । यो भाइरसको कारण सैयौँ मानिसले ज्यान गुमाईसकेका छन भने, हजारौंमा यसको सक्रमण देखिको छ । संक्रमण बढ्ने क्रम तिब्र छ । कोरोना भाइरसबारेका भ्रम,लाग्ने कारण,लक्षण र बच्न अपनाउनु पर्ने सावधानीबारे अंकुरण खबरसंगको कुराकानीमा फिजिसियन तथा छाती रोग विशेषज्ञ डा.प्रकाश पौड्याल यस्तो सुझाब दिन्छन् …

गत डिसेम्बरको अन्तिममा चीनको हुवाई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको महामारी अहिले विश्वभरकै चिन्ताको विषय बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भाइरसको कारण विश्वभर सतर्कता अपनाउन सुझाब दिएको छ ।

के हो कोरोना भाइरस् ?

यो अन्य सामान्य भाइरसजस्तै एक भाइरस हो। कोरोना भाइरस नौलो भाइरस भने होइन् तर यो घातक भाइरस हो । सन् १९६० भन्दा पहिलेनै यस भाइरसको उत्पत्ति भएको मानिन्छ । आधा जीव आधा निर्जीवको अजीव जीव भएकोले यसको नाम कोरोना राखिएको हो।

यो भाइरस कसरी सर्छ ?
सामान्यतया मुख,नाक, आँखा र शरीरमा प्रवेश गर्ने द्वारहरुहुदै यो शरीर भित्र छिर्छ । सङ्क्रमित व्यक्तिले हाच्छ्युँ गर्दा, खोक्दा यी भाइरस बाहिर निस्कन्छन् । यस्ता भाइसर हलुका हुने भएकोले केही समयसम्म हावामा तैरिन्छन् र स्वस्थ व्यक्तिले श्वास तान्दा भाइरस भित्र पस्छन् । साथै केही समय पनि सहतमा टासिने हुँदा त्यस्ता स्थानमा छुँदा त्यही हातले खाँदा र नाक ,मुख कोट्याउदा यी भाइरस शरीर भित्र जान्छन् ।

लक्षणहरु :

यो भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरु देखा पर्छन् ।

रुघा लाग्ने ।
टाउको दुख्ने ।
खोकी लाग्ने ।
घाँटी दुख्ने ।
ज्वरो आउने ।
श्वासप्रश्वासमा समस्या हुनु ।
अस्वस्थ महशुस हुनु । यो भाइरसको संक्रमण बढ्दै गएपछि मानिसमा निमोनिया हुन्छ । यसैले गर्दा मृत्यु समेत हुन्छ ।

के यो भाइरसको संक्रमण भएपछि मानिस बाच्दैन् ?
धेरैको भ्रम छ की यो लागेपछि मरिन्छ । त्यसो हैन् । रोग लाग्दैमा ज्यान जाने होइन । हाम्रो शरीरको प्रतिरक्षा प्रणाली वा रोगप्रतिरोधात्मक प्रणाली कत्तिको बलियो छ भन्ने कुरा हो । जोसंग रोगप्रतिरोधात्मक क्षमता बढी छ उसले यस्ता भाइरसलाई पराजीत गर्छन, भने जोसंग कम छ उनीहरुको मृत्यु समेत हुनसक्छ । यद्यपी पर्याप्त आराम गर्ने, पर्याप्त तरल पदार्थ खाने, सरसफाइमा ध्यान दिने,अरुबाट टाडै बस्ने गर्नुपर्छ ।

बच्ने उपाय :
विशेषतः रोग शरीर भित्र प्रवेश गर्न नदिनु नै रोगबाट बच्ने उत्तम उपाय हो ।
संक्रमित बिरामीबाट टाडै बस्ने ।
मेडिकल मास्कको प्रयोग गर्ने ।
सकेसम्म भिडभाडमा नजाने ।
साबुनपानी वा स्यानिटेजर प्रयोग गरी हात धुने
हात सफा नगरिकन आँखा, मुख र नाक नचलाउने ।
काम विना जनावर पालिएको स्थानमा नजाने र उनीहरुलाई नचलाउने ।
कुनै पनि लक्षण देखिए तुरुन्त अस्पताल जाने ।

यदि संक्रमण देखिहाल्यो भने पनि पर्याप्त मात्रामा रसिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाह अनुसार यसलाई रोकथाम गर्ने औषधि खाने ।