logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल ओमानसँग १८ रनले पराजित


अंकुरण खबर
1.365K
Shares

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको  ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७९ रनमा समेटियो ।

शरद भेषवाकरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि नेपालले जित निकाल्न सकेन । यस्तै दिपेन्द्र सिंह ऐरीले ३६ रन जोड्दा सन्दीप लामिछानेले २८ रन बनाए । यस्तै विनोद भण्डारीले २६ रन बनाएका थिए ।

ओमानका जिशन मक्सुदले ३ तथा कलिमउल्लाले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।

सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए । त्यस्तै ओमानका अकिब अयासले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।