logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – काठमाडौंको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा टिप्परले पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।