अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाइ पाएका छन्। उनले रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् राष्ट्रपति पदबाट हट्न नपर्नेगरी सफाइ पाएका हुन्।
शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२,४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा ५३९४७ मत खसेको थियो। विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए।
महाअभियोग लागेर पनि प्रमाणित नहुने उनी अमेरिकाको तेस्रो राष्ट्रपति हुन् । आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्।