logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ९ अंकले घट्यो


अंकुरण खबर
3.029K
Shares

काठमाडौं – साताको अन्तिम कारोबार बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९ दशमलव ९२ अंकले घटेर १ हजार २ सय ३८ दशमलव ५६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ९६ अंकले घटेर २ सय ६८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १ सय ६६ कम्पनीको १८ लाख ७७ हजार ५४२९ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी रसुवागढी हाइड्रोापावरको भएको छ । जसको कारोबार आज ९ करोड ७६ लाख ९९ हजार रुपैयाँ बराबरको भएको छ ।

आज सवार्धिक कमाउनेमा सपोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ७१ प्रतिशतले बढेको छ । र सर्वाधिक गुमाउनेमा रसुवागढी हाइड्रोापावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ७० प्रतिशतले घटेको छ ।

आज (बिहिबार) १२ वटा उपपरिसुचकहरुमा सबैभन्दा समुहहरुमा रातामै सिमित रहेका छन् ।