logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललिता निवास प्रकरण मुछिएकाहरुको सम्पत्ति छानविन शुरु


अंकुरण खबर
1.053K
Shares

काठमाडौं – ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरुमाथि सम्पत्ति शुद्धीकरकण विभागले पनि अनुसन्धान शुरु गरेको छ ।

अख्तियारले बिहीबार मुद्दा दर्ता गरेपछि विभागले जग्गा प्रकरणमा मुख्य भूमिका खेल्ने र अधिकतम लाभ लिने पूर्वमन्त्री, सचिव र ठूला व्यापारिक घरानाको सम्पत्ति छानबिन गर्न थालेको हो ।

विभागमा महानिर्देशक रूपनारायण भट्टराईले ‘पोलिटिकल्ली एक्सपोज’ भएकाहरूमाथि अधिकृत तोकेर अनुसन्धान थालिएको जानकारी दिए । विभागले यसअघिदेखि नै पूर्वासचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतको सम्पत्ति छानविन गरिरहेको थियो ।

बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पूर्वसचिवहरू छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि मुद्दामा मुछिएका छन् । सरकारी जग्गा व्यक्तिका नाममा लैजान मुख्य भूमिका खेल्ने व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।