logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बानेश्वरको क्याफेमा नेकपाका नेता मृत फेला, चार जना पक्राउ


अंकुरण खबर
832
Shares

काठमाडौं – नयाँबानेश्वरको आलोकनगरस्थित एक रेष्टुरेन्टमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता मृत भेटिएका छन्।

बानेश्वरस्थित डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा काभ्रे जिल्लाका नेता हरिदेव गिरी मंगलबार राति मृत फेला परेका हुन् ।  रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका गिरीलाई राति १० बजेतिर सिभिल अस्पताल पुर्याइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

हत्या प्रकरण संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।