logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना प्रभावित चीनमा रहेका नेपाली फर्काउन अझै केही दिन लाग्छ : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
1.365K
Shares

चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही दिन लाग्ने भएको छ ।

कोरोना भाइरस प्रभावित चीनमा रहेका उनीहरुलाई ल्याएर राख्ने ठाउँ भनिएको ठााउमा अझै केही दिन प्राविधिक तयारी गर्न समय लाग्ने भएकाले उनीहरुलाई ल्याउन केहि दिन कुर्नु पर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
चीनबाट फर्कन आवेदन दिएका १ सय ८० जनालाई कहाँ, कति जनाका दरले राख्ने भन्ने तय गरी त्यसैअनुसारको कक्ष बनाउनुपर्ने भएकाले कम्तीमा अझै एक दुई दिन लाग्ने मन्त्रालयले जनाएका हो ।

यस अघिनै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको इचङ्गुनारायणमा रहेको सुकुम्बासी आवास भवन, शिवपुरीको सैनिक ब्यारेक, भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरण तालिम केन्द्र र सूर्यविनायकको सैनिक ब्यारेकमा राख्न निर्देशन दिएका छन् ।

यता हुबेई प्रान्तका वुहान लगायत शहरमा रहेका नेपालीका अभिभावकले भने उनीहरुलाई फर्काउन सरकार अझै गम्भीर नभएको भन्दै बिहीबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिए ।