logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जन्ती लिएर हिँडेको ट्याक्टर दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु


अंकुरण खबर
1.313K
Shares

बाग्लुङमा जन्ती लिएर हिँडेको ट्याक्टर दुर्घटना भएको छ ।

म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङको बुङ्गातर्फ जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर बिहीबार साँझ पौने ७ बजे बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ वर्षीया मन कुमारी पुन र ५७ वर्षीय ओम प्रकाश पुन छन् । दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जना उपचारपछि घर फर्केका छन् भने ३ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

घुम्तीमा मोड नपुगेर ट्याक्टर अनियन्त्रित भइ सडकबाट खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले बताएको छ ।