logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक सातादेखि १२ वर्षीया बालिका बेपत्ता


अंकुरण खबर
2.613K
Shares

काठेखोला गाउँपालिका-७ की १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता भएकी छन् ।

गत शुक्रबार बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवार पीडामा छन् । प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र पारे पनि बस्याल फेला पर्न सकेकी छैनन् । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्थिन । छोरीको खोजीमा सहयोग गर्न बुबा नरबहादुरले सबैमा आग्रह गरेका छन् ।

हराएकी बालिका बागलुङ बजारतर्फ आइरहेको बेला खहरे भन्ने ठाउँमा देखेको स्थानीयवासीले बताएका छन् । त्यसपछि उनी कता गइन्, अवस्था के छ कुनै अत्तापत्तो लाग्न सकेको छैन ।