सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले ३० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने जनाएको छ ।
कम्पनीको शुक्रबार सम्पन्न दोस्रो साधारण सभाले चालू आर्थिक वर्षमै ३० लाख कित्ता शेयर जारी गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको हो ।
साधारण सभामा कम्पनीका अध्यक्ष खेमराज लामिछानेले आ.व. २०७५.०७६ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पेश गरेका थिए । हाल केन्द्रीय कार्यालयसहित १६ वटा शाखा सञ्चालन गरिरहेको सानिमा इन्स्योरेन्सले चालू आवमै १० वटा शाखा तथा कृषि विमा कार्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी साधारण सभाले आ.व. ०७६.०७७ का लागि कम्पनीको बार्षिक लेखापरीक्षकमा सुजन काफ्लेमा नियुक्त गरेको छ ।