logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बस्नेत पक्राउ


अंकुरण खबर
728
Shares

काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद रुपैयाँ १ हजार ५ सय दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–६ घर भएका २० वर्षीय मनोज बस्नेत रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले बस्नेतलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६० ट्याब्लेट सहित फेला पारी नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई उक्त नगद दिन खोजेपछि नगद र उक्त ट्याब्लेटसहित उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।