logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित


अंकुरण खबर
1.157K
Shares

काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

ओली अस्वस्थ भएपछि आज (आइतबार) का लागि तय भएको नेकपा केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको हो।

नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने तय गरिएको थियो । आजको बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार बिहान छलफल भएको थियो ।

तर, प्रधानमन्त्री ओलीलाई आराम गर्नुपर्ने भएकाले आजको बैठक स्थगन गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । तर उनको स्वास्थ्यमा कस्तो समस्या आएको प्रष्ट जानकारी दिइएको छैन ।