logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उच्च अदालत दिपायललाई कैलालीमा सार्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन


अंकुरण खबर
1.456K
Shares

उच्च अदालत दिपायललाई सार्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सुदूरपश्चिमको राजधानी रहेको कैलालीको गोदावरीमा सार्नुपर्ने माग राख्दै दिपेन्द्र चन्दले सर्वोच्चमा निवेदेन दिएका हुन्।

संविधानमा प्रदेशको नाम र राजधानी तोकिएपछि उच्च अदालत प्रदेशको राजधानी रहेको ठाउँमा हुनु पर्ने व्यवस्था छ। प्रदेशको नाम र राजधानी तोकिएको १ वर्ष भन्दा बढि भइसक्दा समेत अदालत सार्ने विषयमा कुनै पहल नभएको भन्दै चन्दले रिट दायर गरेका हुन्।

गत वर्षको कात्तिक १२ गते प्रदेश नं ५ सरकारले प्रदेशको नाम सुदूर पश्चिम र राजधानी कैलालीको गोदावरीमा हुने निर्णय गरेको थियो। न्याय प्रशासन ऐन २०७३ को दफा (५० को उपदफा ९१) मा प्रदेशको राजधानी रहेको ठाँउमा उच्च अदालत रहने र उक्त दफा कै उपदफा ६ मा नेपाल सरकारले न्याय परिषद्सँग परामर्श गरि राजधानी भएको ठाँउमा उच्च अदालत सार्नुपर्ने कुराको उल्लेख छ।

राजधानी तय भएको धेरै समय भैसक्दा समेत कुनै पहल नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, न्याय परिषद समेतलाई विपक्षी बनाएर निवेदेन दिइएको छ। सर्वोच्चमा उक्त निवेदनमाथि भोलि (सोमबार सुनवाई तोकिएको छ।