चीनबाट ल्याइने सबै नेपालीलाई काठमाडौं उपत्यकामा राख्न नहुने बताएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आइतबार नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्लाको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै चीनबाट उद्दार गरिने नेपालीलाई काठमाडौंमा राख्न नहुने बताएका हुन् ।
काठमाडौंमा राख्दा महामारी फैलिने सम्भावना बढ्ने भएकाले चीनमै उपचार गरी निको बनाएर ल्याउनुपर्ने उनको सुझाव रहेको छ ।
अध्यक्ष विजुक्छेले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको संक्रमणलाई प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु वुद्धिमानी नहुने समेत उल्लेख गरे ।