logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुखले गरे काङ्ग्रेसलाई यस्तो आग्रह


अंकुरण खबर
1.053K
Shares

सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेससँग आग्रह गरेका छन ।

काङ्ग्रेसले आइतबारको संसद् बैठक पनि चल्न नदिएपछि सभामुखले सो आग्रह गरेका हुन । सभामुख सापकोटाले आइतबारसमेत गरी तीन पटकसम्म बैठक अवरुद्ध भएको भन्दै बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सञ्चालनमा सहयोग गर्न काङ्ग्रेसलाई आग्रह गरे ।

संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै सभामुख सापकोटाले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने जनाए ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै काङ्ग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

यसअघि गएको बिहीबार र शुक्रबारको बैठक पनि अवरुद्ध भएको थियो । आइतबारको बैठक पनि काङ्ग्रेसले चल्न नदिएपछि संसद् बैठक मङ्गलबारसम्म स्थगित भएको छ ।