logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनबाट ल्याइने नेपाली विद्यार्थीको स्वास्थ्य चेक जाँच गर्न ६० जना स्वास्थ्यकर्मी खटाइने


अंकुरण खबर
1.248K
Shares

चीनको वुहानमा रहेका १८० विद्यार्थीको स्वास्थ्य चेक जाँच गर्नको लागी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० जना स्वास्थ्यकमीलाई खटाउने भएको छ ।

मन्त्रालयको प्रवक्ता सागर दाहालका अनुसार क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले सोमबार अभिमुखीकरण तालिमसमेत दिदै छ।

तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अस्वस्थ आइलागेमा के गर्ने भनेर सिकाउने उनले जानकारी दिए।

तालिम आज २ बजे इपीडीयोलोजी तथा रोग नियण्त्रण महाशाखा टेकुमा हुँदैछ। निगरानीमा खटिने ६० जना स्वासथ्यकर्मी फरक-फरक अस्पतालमा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए।