logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

देशभरिकै न्यूनतम तापक्रम बढ्यो, धेरै ठाउँमा चिसो कम हुँदै


अंकुरण खबर
1.794K
Shares

काठमाडौं – देशका धेरै ठाउँमा चिसो कम हुँदै गएको छ । देशभरिकै न्यूनतम तापक्रम बढ्दै गएपछि चिसो कम हुँदै गएको हो ।

मङ्गलबार बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसले बढेको छ। सोमबार २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम मङ्गलबार बिहान ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मङ्गलबार दिउँसोको तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै सोमबार माइनस ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम मङ्गलबार बिहान माइनस ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

तत्काल पानी र हिउँ पार्ने प्रणाली सक्रिय नभएकाले अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने सम्भावना रहेको छ । पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँको मौसम एकैछिन बादल लाग्दै घाम लाग्ने खालको हुने मौसमविद्ले बताएका छन् ।