logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट आइजीपी खनालसहित २३ डीआईजीहरुले अवकास लिदै


अंकुरण खबर
1.404K
Shares

काठमाडौं – आईजीपी सर्वेन्द्र खनालसहित २३ डीआईजीहरु मंगलबारबाट एकैपटक अवकास प्राप्त गर्दै छन् । आज अवकशमा जाने भएपनि सरकारले आजसम्म आईजीपी छान्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीलाई आइजीपी बनाउने तयारी गरेका छन् । ज्ञावालीको नाम आज प्रस्ताव गरेर मन्त्रीपरिषदमा पेश गर्ने तयारी गृहले गरेको छ ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकमा आईजीपीको टुंगो नलागेपछि प्रधानमन्त्री ओलीले मंगलबार बस्ने बैठकमा ज्ञवालीको नाम पेश गर्न गृहमन्त्री रामबहादुर थापा र मूख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएको बताइएको छ ।

मन्त्रीपरिषद् बैठकले सोमबार नै भावी आईजीपीमा ज्ञवाली वा सुदूरपश्चिम प्रदेशका डिआईजी तारिणीप्रसाद लम्सालमध्ये एकजनालाई चयन गर्ने तयारी गरिएको भएपनि ३० वर्षे विवादपछि प्रधानमन्त्री ओलीले आज बस्ने बैठकमा ज्ञावालीको नाम प्रस्ताव गर्ने बताइएको छ ।