logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या हजार नाघ्यो, एकै दिन १०८ जनाको मृत्यु


अंकुरण खबर
1.443K
Shares

चीनमा तिब्र रुपमा फैलिएको कारोना भाइरसबाट ज्यान गुमाउनेको संख्या  एक हजार नाघेको छ।

सोमबार मात्रै चीनमा एक सय ८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उक्त संख्यासँगै अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको छ।

सोमबार मात्रै २ हजार ४ सय ६७ जना नयाँ संक्रमित फेला परेको चाइना डेलीले जनाएको छ। रिर्पोटका अनुसार मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको छ।

चीन बाहेक फिलिपिन्स र हङकङमा कोरोना भाइरसबाट एक, एक जनाले ज्यान गुमाएका छन् भने चीनमा एक अमेरिकी र एक जाप्निज नागरिककको मृत्यु भएको छ।