logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कानुन लाग्छ भने सबैलाई लागियोस्, हैन भने यसको वकालत गरिरहन्छौ : नेतृ भुसाल


अंकुरण खबर
819
Shares

काठमाडौं – प्रतिनिधि सभाको बैठक सुरु गरे लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलका नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाललाई बिशेष बोल्न समय दिएका छन् ।

नेतृ भुसालले बोल्दै सरकारले दलिय हिसाबले राजनितिक प्रतिसोध गाजेर गरेको विभेदको खण्डन गर्दै कानुन लाग्छ भने सबैलाई लागियोस्, हैन भने यसको वकालतको लागी हामी लागिरहने छौ भन्ने अभिव्यक्त राखेकी छन् ।

उनले  भ्रष्टचारको मुद्धा सरकारले हेर्ने नभएर अख्तियार दुरुपयोग अनुशन्धानले गर्ने कुरा समेत स्मरण गराइन् । उनले  पुनः यि र यस्ता निर्णय सरकारले गरेमा प्रमुख प्रतिपक्ष दलको हैसियतले प्रतिसोधमा उत्रने समेत उनले बताईन् ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्ता पक्षका नेतालाई चोख्याएको तथा कांग्रेसका नेतालाई मुद्दा चलाएको विरोधमा कांग्रेसले गएको बुधबारदेखि गर्दै आइरहेको सदन आजबाट सुरु भएको छ ।