पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा गए राती भएको ट्याक्टर दुर्घटनामा चारको ज्यान गएको छ भने १५ जना घाईते भएका छन् ।
बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरेबाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा रहेका छन् । मृत्यु हुनेमा यमसिहं सारु मगर, नरबहादुर सुस्लिगं मगर, नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईतेमध्ये दुईको अवस्था गम्भीर रहेको र घाइतेको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।