logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सानेपा चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
1.339K
Shares

काठमाडौं – ललितपुरको सानेपा चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान  ट्रकले ठक्कर दिंदा काठमाडौं थानकोटका ३० वर्षीय सुवास थापा मगरको मृत्यु भएको हो ।

ना २ ख ९६९२ नम्बरको ट्रकले बा ४४ प ५००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक सहित ट्रक–चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।