logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य मन्त्रालय भन्छ, सिन्धुपाल्चोकमा कोरोना संक्रमण होइन, सामान्य रुघाखोकी मात्रै


अंकुरण खबर
1.599K
Shares

चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोनाको लक्षणसँग मिल्दो बिरामी पाइएको आंशका भइरहेका बेला स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोनाको कुनै संक्रमण नभएको स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा देखिएको सामान्य रुघाखोकीलाई सत्य तथ्य नबुझी कोरोना भाइरसको आशंकामा गलत हल्ला चलाइएको बताएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा गाउँमा फैलिएको संक्रमण सामान्य रुघाखोकी मात्र रहेको र त्यहाँ कोराना भाइरसको कुनै संकेत नभएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

गुम्बा गाउँमा ज्वरो, रुघाखोकीले अहिलेसम्म दुई सय बढी मानिस बिरामी भएका छन् भने उपचारमा स्वास्थ्यकर्मी खटिरहेका छन् ।

यो संक्रमण कोरोना भाइरसको पनि हुन सक्ने आशंका गर्दै जुगल गाउँपालिका कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो ।

जुगल गाउँपालिकाको रुघाखोकीले बढी प्रभाव पारेको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको छ । सर्वसाधरणको शंका निवारणका लागि चिकित्सक टोलीले बिरामीको रगत र र्‍यालको नमुना काठमाडौं ल्याउने र टेकु अस्पतालमा कोरोना हो वा होइन भनेर परीक्षण गरिने जनाएको छ ।