बेलबारी लक्ष्मीमार्गमा बुधबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा स्कुटर चालक बेलबारी १ का ५३ वर्षीय बिक्रम खड्का रहेको ट्राफिक पोष्ट बेलबारीले जानकारी दिएको छ ।
ना ५ ख ८६८० नम्बरको ट्रकले बिपरित दिशाबाट आइरहेको स्कुटरलाई ठक्कर दिदा घाइते भएका खडकाको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
स्कुटरको पछाडि सवार डिल्ली खडका भने सामान्य घाइते भएका छन् ।
ट्रक तथा चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।