वालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्धा दर्ता गर्न आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले आज ललिता निवास प्रकरणमा निर्णयकर्ताका रुपमा उनीहरुको भूमिका भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै अख्तियारलाई नेपाल र भट्टराई विरुद्धपनि मुद्धा दर्ता गराउन आदेश माग गरिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराईले नीतिगत निर्णयमात्र गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।
ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालीन तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाएको अख्तियारले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिनु रहस्यमय भएको निवेदकको दावी छ ।
नीतिगत निर्णय गरेकाले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन नसकेको अख्तियारको दाबी खारेज गर्दै तत्काल मुद्धा चलाउनु भनेर अख्तियारलाई आदेश दिनुपर्ने निवेदकको माग छ ।
नेकपा बरिष्ठ नेता नेपाल २०६६ र २०६७ मा प्रधानमन्त्री थिए भने भट्टराई २०६९ मा प्रधानमन्त्री थिए ।