logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फरार ‘बी एण्ड सी’ अस्पतालका सञ्चालक प्रसाईं जिप्रकामा उपस्थित


अंकुरण खबर
1.105K
Shares

मानहानीको मुद्दापछि फरार रहेका झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं बिहीबार सुटुक्क जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित भएका छन् ।

प्रसाई बिहीबार बिहान कार्यालयमा हाजिर भएका हुन् । उनको बहसपछि उनलाई साधरण तारेखमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छन् ।

झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको अरोप लगाएका थिए ।

प्रसाईंको आरोपविरुद्ध अयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानीको मुद्दा दायर गरेका थिए । अदालते उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिए लगत्तै प्रसाईं फरार भएका थिए ।